मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका-१९ इनाटोल बस्ने ४३ वर्षीय विनोद नेपाली भन्ने (विनोद च्यामे) आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बर्दिया, मधुबन नगरपालिका-४ बाँदर भरिया बस्ने ६९ वर्षीय रामशरण थारू सोही नगरपालिका-४ मौवास्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा बिगत २ महिनादेखि सेक्युरिटी गार्ड गर्ने सोही उपमहानगरपालिका-१२ नयाँगाउँ बस्ने गुल्मी मदाने गाउँपालिका-५ घर भएका ४७ वर्षीय मोहन खड्का डिउटी गर्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यता सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३ ग्यालथुमस्थित इन्द्रावती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । उता सिन्धुली, दुधौली नगरपालिका-८ कछुवाखाडीस्थित दुधौली खोलाको दहमा सोही नगरपालिका-९ आपडाँडा बस्ने ३५ वर्षीय राजु परियार मंगलबार मृत अवस्थमा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार