नाबालिकालाई वेश्यावृतिमा लगाउने महिला पक्राउ

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा काठमाडौं, तारकेश्‍वर नगरपालिका-११ हिलेटोलस्थित पश्‍चिम युना खाजाघरकी संचालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको प्रहरीले उद्दार समेत गरेको छ ।



उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार