जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

ललितपुर, महालक्ष्मी नगरपालिका-३ इमाडोल ढुङ्गेसागुस्थित एटुजेड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका संचालक चितवन कालिका नगरपालिका-६ घर भएकी ३४ वर्षीया चमेली स्याङताङ समेत १० जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।



प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार