छुरा प्रहारबाट एक जनाको मृत्यु

खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने २६ वर्षीय विकास राई सहित तीन जनाले जनाले सोही ठाउँस्थित मकै बारीमा धनजितलाई छुरा प्रहार गरेका थिए ।



छुरा प्रहारबाट राईको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले हाल फरार उनीहरूको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार