१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान, झिमरुक गाउँपालिका-७ सिमलचौर बस्ने २६ वर्षीय नबिन जिसीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिसीले ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार