मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१४ नखीपोटस्थित बाटोमा सुनसरी धरान घर भएका करिब ६५ वर्षीय राजु भन्ने पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ गोबरैया बस्ने ३५ वर्षीय जितेन्द्र पाण्डे सोही गाउँपालिका-३ पत्थरकलास्थित कालिमाई मन्दिर नजिक चौतारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-९ कालीकास्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।



उता जाजरकोट, भेरी नगरपालिका-१२ बारेलास्थित भेरी नदीमा शिवालय गाउँपालिका- ३ घर भई रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ स्थित टाटागाउँ बस्ने २५ वर्षीय कमल बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यता भोजपुर, आमचौक गाउँपालिका-१ गैरीगाउँ उत्तिस बारीमा सोही ठाउँ बस्ने ४८ वर्षीय डिक बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी रौतहट, गुजरा नगरपालिका-५ हरिहरपुर टोल बस्ने ८२ वर्षीय रामशरण दास तत्मा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बर्दिया, बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ६५ वर्षीय राजाराम चौधरी सोही ठाउँस्थित सुख्खा खटैला कुलोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सिरहा, लहान नगरपालिका-१३ गणेशपुर बस्ने ६६ वर्षीया सबुरबत्ती चौधरी सोही ठाउँस्थित आँप बँगैचामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै पाल्पा, रामपुर नगरपालिका-८ धारापानी बस्ने ५७ वर्षीय लाल बहादुर श्रेष्ठ सोही नगरपालिका-५ रामघाटस्थित कालिगण्डकी नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार