सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मोरङ, उर्लावारी नगरपालिका-३ मंगलबारेस्थित सडकमा मे.७ प ८४८० नम्बरको मोटरसाइकल डब्लुबी ७६ बी ०१११ नम्बरको ट्याङ्करसँग ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लावारी नगरपालिका-३ बस्ने ३३ वर्षीय धन बहादुर जोगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र पैदलयात्रीलाई मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा पैदलयात्रीलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ ।



ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-५ जमटोकीस्थित सडकमा चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक भोजपुर षडानन्द नगरपालिका-१ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता रामेछाप, खाँडादेवी गाउँपालिका-३ भिरपानीमा तिल्पुङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८९ प ४३८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मन्थली नगरपालिका-२ कठजोर बस्ने २६ वर्षीय अशोक नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको खाल्टे अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ । उता रुपन्देही, देवदह नगरपालिका-१० चरङ्गेमा लु.३ प ९२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ९ फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० बस्ने २९ वर्षीय रमेश रानाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार