आइपिएलमा राजस्थानद्वारा कोलकाता २ विकेटले पराजित 

इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा राज्स्तान्ले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा राजस्थानको यो छैटौं जित हो भने कोलकाताको दोस्रो हार । कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । कोलकाताको लागि सुनिल नारेनले ५६ बलमा ३ चौका र ६ छक्काको मद्दतमा अविजित रहँदै १०९ रनको शतकीय पारी खेले भने आङ्गकृष रघुवंशीले ३० रन बनाए । त्यस्तै, रिन्कु सिंह २० रनमा अविजित रहँदा फिल साल्टले १० रन बनाए ।



राजस्थानका लागि आवेश खान र कुलदीप सेनले समान २–२ विकेट लिए । २२४ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले अन्तिम बलमा ८ विकेट गुमाउँदै  पुरा गरेको थियो । राजस्थानका लागि जोस बटलरले ६० बलमा ९ चौका र ६ छक्काको सहयोगमा अविजित रहँदै १०७ रनको शतकीय पारी खेले भने रियान परागले ३४ रन बनाए । यस्तै रोभमन पावेलले १३ बलमा २६ रन जोड्दा यश्स्वी जैसवालले १९ रन बनाए। कोलकाताका लागि हर्सीत राना, सुनिल नारेन र वरुण चक्रवर्तीले समान २-२ विकेट लिए ।

जितसंगै राजस्थान ७ खेलमा ६ जित र १ हार सहित १२ अंकसहित शीर्ष स्थानमा छ भने छ खेलमा ४ जित र दुई हार सहित ८ अंक जोडेको कोलकाता दोस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार