११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, गुलरिया नगरपालिका-४ कैलाशनगर नयाँबस्ती टोल बस्ने २२ वर्षीय अर्जुन सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती बालिकालाई चैत २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार