सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, धनगढीमाई नगरपालिका-६ सिमरा चोकमा प्र.१-०५-००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनियामा उपचार भइरहेको छ । त्यस्तै कैलाली, गोदावरी नगरपालिका-५ गेटास्थित सडकमा सु.प.प्र. ०१-००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।



यस्तै दाङ, घोराही उपमहानगरपालिका-१३ कात्तिके डाँडास्थित सडकमा रा.२ प ६०१५ नम्बरको मोटरसाइकल र लु।९ प ४३६ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा रा.२ प ६०१५ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय मनकु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी सोही मोटरसाइकलमा सवार १ जनाको नर्सिङ होम अस्पताल नेपालगञ्ज बाँकेमा र ल.९ प ४३६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारभइरहेको छ भने सोही  मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार