आइपिएलमा मुम्बईद्वारा पञ्जाब ९ रनले पराजित  

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्स विजयी भएको छ ।बिहीबार राति भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई ९ रनले पराजित गरेको हो ।

जारी सिजनमा मुम्बईको यो तेस्रो जित हो भने पञ्जाबको पाँचौं हार । मुलनपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५३ बलमा ७८ रनको अर्धशतकीय पारी खेले भने रोहित शर्माले ३६ रन बनाउँदा तिलक बर्मा ३४ रनमा अविजित रहे । त्यस्तै, टिम डेभिडले १४ रन बनाई आउट भए भने हार्दिक पाण्ड्याले १० रन जोडे ।



पञ्जाबको लागि हर्सल पटेलले तीन विकेट लिए भने साम कुरानले दुई विकेट लिँदा कागिसो रबाडाको भागमा एक विकेट रह्यो । १९३ रनको लक्ष्य लिएर मैदान उत्रेको पञ्जाब १९.२ ओभरमा १८३ रनमा समेटिएको थियो । पञ्जाबको लागि आसुतोष शर्माले २८ बलमा ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै, शसांक सिंहले ४१ रन जोड्दा हरप्रित ब्रारले २१ र हरप्रित सिंहले १३ रन बनाए । मुम्बईका लागि जसप्रित बुमराह र जेराल्ड कोट्जेले समान ३-३ विकेट लिए भने आकाश मढवाल, हार्दिक पाण्ड्या र श्रेय्यस गोपालको भागमा समान १-१ विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स भिड्दैछन् ।

 

सम्बन्धित समाचार