मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काभ्रे, धुलिखेल नगरपालिका-३ बाँसघारी बस्ने ४२ वर्षीय राज कुमार न्यौपाने सोही नगरपालिका-७ स्थित बेईनिङ प्लानको जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै धादिङ, धुनिवेशी नगरपालिका-८ खानिखोलास्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित गंगा हल नजिक बाटोको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



उता चितवन, भरतपुर महानगरपालिका-१३ बरमपुरी बस्ने ६० वर्षीय हरिहर दवाडी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार