सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुन जस्तो देखिने पहेलो रंगको अर्ध ठोस वस्तु करिब ८ सय ५० ग्रामसहित भारतीय नागरिक ४८ वर्षीया सहिना प्रभिनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थाई एयरलाईन्सको उडानद्वारा थाईल्याण्डबाट काठमाडौं आएकी उनलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा फल्स बटम बनाई प्लाष्टिकको २ वटा पोकामा रहेको उक्त तौलको वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार