काठमाडौंबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-३ नारायण गोपाल चोकबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुलसहित दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौं बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार