१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार