सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको  सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । भक्तपुर, चाँगुनारायण नगरपालिका-७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र,०२- ०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगा माने भन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-५ मैनाहस्थित सडकमा कलुवापुरबाट बेलौरीतर्फ जाँदै गरेको से.२ त २२५४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लालझाडी गाउँपालिका-६ चान्देउ बस्ने ३५ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।



यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिपलबोटस्थित सडकमा बा.प्र.०३-००५ प ३५११ नम्बरको स्कुटरलाई प्र।२-०३-००१ ख ६८५४ नम्बरको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ५५ वर्षीय भिम बहादुर बिडारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता झापा, बिर्तामोड नगरपालिका-५ मुक्तिचोकमा चारपानेबाट काकडभिट्टातर्फ जाँदै गरेको प्र.१-०१-००२ च १९० नम्बरको कारको ठक्करबाट मेचिनगर नगरपालिका-१२ बस्ने ११ वर्षीय सन्तोष रोकाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता बाँके, कोहलपुर नगरपालिका-८ पिपिरीस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै सु.प.प्र.०२००१ ख १२९१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने २८ वर्षीया लालसरी बुढाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-७ बन्दास्थित सडकमा सूर्यपुरादेखि गुठीप्रसौनतर्फ जाँदै गरेको युपि ५६ एई ३१३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सरावल गाउँपालिका-७ भुजहवा बस्ने ३१ वर्षीय उमेश सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार