आइपिएलमा गुजरातद्वारा पञ्जाव ३ विकेटले पराजित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स विजयी भएको छ ।आइतबार राति भएको खेलमा गुजरातले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको  हो ।

जारी सिजनमा गुजरातको यो चौथों जित हो भने पञ्जावको भने छैटौं हार । पञ्जावको घरेलु मैदान मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनाएको थियो । पञ्जावका लागि प्रवसिम्रन सिंहले ३५ रन बनाए भने साम कुरानले २० रन जोड्दा जितेश शर्माले १३ रन बनाए । त्यस्तै हरप्रित ब्रारले २९ रन बनाई आउट भए भने जितेश शर्माले १३ रन जोडे ।



गुजरातको लागि साइ किशोरले ४ विकेट लिए भने नुर अहमद र मोहित शर्माको भागमा समान २-२ विकेट रह्यो ।१४३ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातको लागि राहुल टिवेटियाले अविजित रहँदै ३६ रन बनाए भने कप्तान शुभमन गिलले ३५ रन जोडे । यस्तै साइ सुदर्शनलले ३१ रन बनाई आउट भए भने अजमतुल्लाह ओमरजाइ र ऋद्दिमान साहाले समान १३- १३ रन बनाए । पञ्जावका लागि हर्षल पटेलले ३ विकेट लिए भने लियम लिभिङस्टोनको भागमा २ विकेट रह्यो ।

 

सम्बन्धित समाचार