मृत अवस्थामा आठ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-७ दुवाचौरस्थित काफ्ले खोला जंगलमा सोही ठाउँ बस्ने ४७ वर्षीय बिष्णु बहादुर अधिकारी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै धनकुटा, महालक्ष्मी नगरपालिका-५ स्थित शिवरात्री टोल बस्ने उमेश भण्डारीको छोरी १७ वर्षीया रक्षा भण्डारी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै रामेछाप, उमाकुण्ड गाउँपालिका-२ बस्ने ६६ वर्षीय कृष्ण बहादुर भुजेल सोही ठाउँ रोशी राङदहस्थित निर्माणाधिन दुगर्ड हाईड्रोपावर लिखु १ ड्यामको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यता तनहुँ, शुक्लाण्डकी नगरपालिका-१२ फिरफिरेस्थित मकै खोरे जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । उता संखुवासभा, पाँचखपन नगरपालिका-१ मुडे बस्‍ने गोबिन्द तामाङको छोरा १४ वर्षीय किशोर तामाङ सोही ठाउँस्थित कुसुवा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोझी चोक नजिक सडक छेउको नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी तेह्रथुम, आठराई गाउँपालिका-१ जमदार डाँडास्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५१ वर्षीय नराहाङ लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सर्लाही, बसवरिया गाउँपालिका-६ मनटोल बस्ने जोगेन्द्र पासवानको छोरा १८ वर्षीय चैनकिशोर पासवान सोही ठाउँस्थित मसालाको बगैचामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार