अश्लिल गतिविधि सार्वजनिक गरिदिने भनि ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुली तीनपाटन गाउँपालिका- ८ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमल प्रसाद अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरीदिने भनेर ब्ल्याकमेल गरी दु:ख हैरानी दिएको उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।



उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार