आज लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

राजतन्त्रविरुद्ध भएको १९ दिने दोस्रो जनआन्दोल सफल भई संसद पुनःस्थापना भएको आज १८ बर्ष पुगेको छ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १८ औं लोकतन्त्र दिवसको स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना देशभर मनाइँदैछ ।

२०५९ साल जेठ ८ गते संसद विघटन गरेका तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गतेदेखि मन्त्रिपरिषद्को अध्यक्षसमेत आफैं गर्न थालेपछि त्यसको २ बर्षपछि तत्कालीन माओवादी र सात राजनीतिक दलले राजतन्त्रविरुद्ध आन्दोलन गरेका थिए । नेकपा माओवादी र तत्कालीन सात राजनीतिक दलबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो ।



नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । त्यसयता हरेक बर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाइदै आएको छ ।

 

सम्बन्धित समाचार