आइपिएलमा राजस्थानद्वारा, मुम्बई ९ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको छ । सोमबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित हो ।

जारी सिजनमा राजस्थानको यो सातौं जित हो भने मुम्बईको पाँचौं हार । राजस्थानको घरेलु मैदान जयपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले ६५ रनको अर्धशतकीय पारी खेले भने नेहल वाधेराले ४९ रन जोड्दा मोहम्मद नावीले २३ रन बनाए ।



राजस्थानका लागि सन्दीप शर्माले ५ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिँदा आभेष खान र युजेन्द्र चाहलको भागमा समान १-१ विकेट रह्यो । १८० रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १८.४ ओभरमा  १ विकेट गुमाउँदै पूरा गर्‍याे ।

राजस्थानको लागि ओपनर यश्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्काको सहयोगमा अविजित रहँदै १०४ रनको शतकीय पारी खेले भने जोस बटलरले ३५ रन जोड्दा कप्तान सन्जु स्यामसन ३८ रनमा अविजित रहे । मुम्बईका लागि पियुष चावलाले १ विकेट लिए ।

जितसँगै राजस्थान ८ खेलमा ७ सिट र १ हार सहित १४ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा ३ जित र ५ हारसहित ६ अङ्क जोडेको मुम्बई सातौँ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स चेन्नईमा भिड्दै छन् ।

सम्बन्धित समाचार