६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, लिम्चुङबुङ गाउँपालिका-४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई ज्यान मार्ने धाक धम्की समेत दिई आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार