मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । गुल्मी, रेसुङगा नगरपालिका-७ अर्जुन डाँडा जाने बाटो नजिक सोही नगरपालिका-७ नेटा बस्ने ४० वर्षीय छबिलाल घर्ती सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै उदयपुर, त्रियुगा नगरपालिका-२ हाटखोला बस्ने ६० वर्षीय कुलान्द चौधरी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रूपन्देही, ओमसतिया गाउँपालिका-४ सानो वालापुरस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार