स्टोइनिसको सानदार शतकमा चेन्नई लखनउसँग ६ विकेटले पराजित  

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनउले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

जारी सिजनम लखनउको यो पाँचौं जित हो भने चेन्नईको चथों हार । चेन्नईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका लागि कप्तान ऋतुराज गायकवार्डले ६० बलमा १२ चौका र तीन छक्काको मद्दतमा अविजित रहँदै १०८ रनको शतकीय पारी खेले भने शिवम् दुबेले २७ बलमा सात छक्का र तीन चौकाको मद्दतमा ६६ रनको अर्धशतकीय इनिङ खेले ।



त्यस्तै रविन्द्र जडेजाले १६ रन बनाए । लखनउको लागि म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले समान १-१  विकेट लिए । २११ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । लखनउका लागि मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय पारी खेले भने निकोलस पुरनले ३४ रन बनाए ।

यस्तै दिपक हुडाले १७ रन जोड्दा केएल राहुलले १६ र देवदत्त पड्डिकलले १३ रन बनाए । चेन्नईको लागि मथिसा पाथिरानाले दुई विकेट लिँदा दिपक चहर र मुस्ताफिजुर रहमानले एक-एक विकेट लिए । जितसँगै लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लिएको छ भने समान खेलबाट ४ जित र ४ हारसहित ८ अंक जोडेको चेन्नई पाँचौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार