झापामा मोटरसाइकल र जिप एकापसमा ठोक्किदा तीन जनाको मृत्यु

झापामा मोटरसाइकल र जिप एकापसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । आज (बुधबार) बिहान झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटना भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जिप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।



उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  मृतकको पहिचान हुन बाँकी छ ।

सम्बन्धित समाचार