गुजरातमाथि दिल्लीको ४ रनको रोमाञ्चक जित

भारतमा जारी १७ औं संस्करणको  इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले रोमाञ्चक जित हात पारेको छ । बुधबार राति भएको खेलमा दिल्लीले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित हात पारेको हो ।

जारी सिजनमा दिलीको हो चौथों जित हो भने गुजरातको पाँचौं हार । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले अविजित रहँदै ८८ र अक्षर पटेलले ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, त्रिस्टन स्टब्स २६ रनमा अविजित रहंदा ज्याक फ्रेसरले २३ र पृथ्वी साहले ११ रन बनाए । गुजरातका लागि सन्दीप वारियरले ३ र नुर अहमदले एक विकेट लिएका थिए ।



२२५ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनाउन सक्यो । गुजरातका लागि साइ सुदर्शनले ६५ र डेभिड मिलरले ५५ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै ऋद्वीमान साहले ३९ रन जोड्दा रासिद खानले २१ रनमा अविजित रहे  ।

दिल्लीको लागि रसिक सलामले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिँदा एनरिच नोर्तेज, मुकेश कुमार र अक्षर पटेलको भामा समान १-१ विकेट रह्यो । जितसँगै दिल्ली ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने समान खेलमा ४ जित र ५ हारसहित ८ अंक नै जोडेको गुजरात रन रेटमा पछि पर्दै सातौं स्थानमा झरेको छ ।

प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद  हैदराबादमा भिड्दै छन् ।

माथि दिल्ली क्यापिटल्सले ४ रनको रोमाञ्चक जित हात पारेको छ। जितपछि दिल्ली समान ८ अंक भएपनि अंक तालिकामा गुजरातलाई पछि पार्दै तालिकाको छैटौं स्थानमा उक्लियो।

सम्बन्धित समाचार