मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । मोरङ, बेलबारी नगरपालिका-२ भगवती माध्यामिक विद्यालय बेलबारीको निर्माणाधिन भवन छेउमा विराटनगर केशलया रोड घर भएका ४५ वर्षीय बद्री राम आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित सडकमा धादिङ मलेखु नगरपालिका-२ घर भई काठमाडौं कुलेश्वर डेरा गरी बस्ने ५१ वर्षीय रमेश परियार शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-३ खसीबजार बस्ने ३८ वर्षीय रमेश श्रेष्‍ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै सर्लाही, इश्वरपुर नगरपालिका-७ स्थित सागरनाथ जंगलमा साधु जस्तो देखिने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । उता दैलेख, भगवतीमाई गाउँपालिका-१ बेस्तडा बस्ने १९ वर्षीय सुजन खड्का सोही गाउँपालिका-३ मेहलतोलीस्थित भिर मुनि शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार