बझाङ उपनिर्वाचनमा कांग्रेसका सिंहको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम

बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।

प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले ९ हजार ४६८ मत प्राप्त गर्नुभएको छ । एमालेका दमनबहादुर भण्डारीले ९ हजार ३४३ , नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले३ हजार ५८७ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३७३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।



हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।

सम्बन्धित समाचार