नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) लिएको कक्षा १२ को विजिनेश म्याथमेटिक्सको परीक्षामा पाठ्यक्रमबाहिरबाट प्रश्नहरू सोधिएको सरोकारवालाहरूले जानकारी गराएका छन् ।
स्रोतका अनुसार सोधिएका प्रश्नहरूमा क्रमशः ५, १३(ए) र १४ नम्बरका प्रश्नहरूसँग सम्बन्धित विषय सन्दर्भ पाठ्यक्रममा नभएको तर पाठ्यक्रमबाहिरबाट प्रश्नहरू सोधिएको एक विषय शिक्षकले जानकारी गराए । उनले यस बारेमा परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासँग जिज्ञासा राख्दा उनले गैह्र जिम्मेवारीपूर्ण जवाफ दिएको पनि नवकान्तिपुरलाई बताए ।
कक्षा १२ को आज अन्तिम परीक्षा थियो । परीक्षामा सहभागी विद्यार्थीहरूले भने परीक्षा नियन्त्रण कार्यालको लापर्वाहीले आफूहरूकोे भविष्यमाथि खेलवाड भएको बताए ।