कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन्  ।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको बुधबार राति प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।



‘संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्र्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ  ।

सम्बन्धित समाचार