नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।
सरकारले जेठ ३ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
मन्त्रिपरिषद् बैठकले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय
फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय
सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय
सिङ्गापुरमा कार्यक्षेत्र रहने गरी हेलेन क्याम्पोस, इजरायलको रेहबोट सहरमा कार्यक्षेत्र रहने गरी नडभ बेन यहुदा, संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा कार्यक्षेत्र रहने गरी प्रह्लादबहादुर केसी र रुसी महासङ्घको सेन्ट पिटर्सवर्ग सहरमा कार्यक्षेत्र रहने गरी वाई।भी गोसेभलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय
काबेली–३ जलविद्युत् आयोजना निर्माणका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको राष्ट्रिय वनको एक दशमलव ६५ हेक्टर प्रयोग गर्न स्वीकृति दिने निर्णय
चिनो खोला जलविद्युत् आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मनाङको नासोँ गाउँपालिकामा रहेको राष्ट्रिय वनको पाँच दशमलव ९४१ हेक्टर प्रयोग गर्न स्वीकृति दिने निर्णय
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई धादिङ जिल्लाको बेनीघाट, रोराङ्ग गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ११ दशमलव आठ हेक्टर जग्गा चुनढुङ्गा उत्खनन्का साथै खानी सञ्चालन गर्न स्वीकृति दिने निर्णय
नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा सङ्गीता खड्का (काठमाडौँ) लाई नियुक्त गर्ने निर्णय
नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लोकनाथ पौड्याललाई बढुवा गरी मधेश प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय
नेपाल कृषि वन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी रिक्त पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव (पशुपन्छी विकास) मा पदस्थापन गर्ने । साथै, सचिव डा. दीपककुमार खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव (कृषि विकास)मा सरुवा गर्ने निर्णय
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयन्त्रमा नेपालको सहभागिताका लागि स्वीकृति प्रदान गर्ने निर्णय
स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा यही जेठ २७ देखि आगामी असार १ गतेसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय
जेठ १३ देखि १९ गतसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको सभामा भाग लिन स्वास्थ्य तथा जनङ्ख्यामन्त्रीसहित तीन जनालाई सहभागी हुन स्वीकृति दिने निर्णय
स्ट्यान्डर्ड नाप र तौल (छैटौँ संशोधन) नियमहरू, २०८० स्वीकृति गर्ने निर्णय
वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय