कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको रिट सर्वोच्चमा पेश 

कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मंगलबार सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।



उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा बुधबार छलफल हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उहाँविरूद्ध पुर्जी जारी गर्न माग गरेको थियो ।

सम्बन्धित समाचार