राजस्थान आइपिएलको क्वालिफायर-२ मा, बैंगलोर ४ विकेटले पराजित 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को क्वालिफायर-२ मा राजस्थान रोयल्स प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै राजस्थान क्वालिफायर-२ मा पुगेको  हो ।

अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १७२ रन बनाएको थियो । बैंगलोरका लागि रजत पतिदरले ३४ रन बनाए भने विराट कोहलीले ३३ रन जोडे ।  त्यस्तै महिपाल लोम्रोरले ३२ रन जोड्दा क्यामरन ग्रीनले २७ कप्तान फाफ डु प्लेसिस १७ र दिनेश कार्तिकले ११ रन बनाए ।



राजस्थानका लागि आवेश खानले ३ विकट लिए भने रवीचन्द्रण आश्विनले २ विकेट लिँदा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलको भागमा समान १-१ विकेट रह्यो ।१७३ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउँदै  पूरा गर्यो  ।

राजस्थानका लागि यशस्वी जैसवालले ४० रन बनाए भने रियान परागले ३६ रन जोडे । यस्तै सिमरन हेटमायरले २६ रन जोड्दा टम कोहलर-क्याडमोरले २० र रोभमन पावेल १६ रनमा नट आउट रहे । बैगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए भने लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनको भागमा समान १-१ विकेट रह्यो ।

अब दोस्रो क्वालिफायरमा राजस्थानले सनराइजर्स हैदराबादसँग शुक्रबार खेल्नेछ । क्वालिफायर-१ मा हैदराबाद कोलकातासँग ८ विकेटले पराजित भएको थियो भने कोलकाता भने विजयी हुँदै उपदी नजिक पुगिसकेको छ । क्वालिफायर-२  जित्ने टोलीले आइतबार कोलकातासँग उपधिको लागि खेल्नेछ ।

 

सम्बन्धित समाचार