नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहीबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) का आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपाली टोली रहेको छ । प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदै छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स तथा ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
यस्तो छ २८ सदस्यीय प्रारम्भिक नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री बेलबासे, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार (विकेटकिपर), खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्मचार्य, संगिता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ।