टी-२० विश्वकपमा इंग्ल्यान्डद्वारा ओमान ८ विकेटले परजित

इंग्ल्यान्डको सुपर-८ मा पुग्ने सम्भावना कायमै

अमेरिका र वेस्टइन्डिजमा जारी नवौं संस्कारको टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्ड पहिलो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले प्रतियोगितामा पहिलो जित नुकलेको हो।

जितसँगै इंग्ल्यान्डको सुपर-८ मा पुग्ने सम्भावना कायमै राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको ओमान १३. २ ओभरमानै ४७ रनमा समेटिएको थियो । ओमानका लागि सोइब खानले ११ रन बनाउनु बाहेक अन्य कुन खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका लागि अदिल रसिदले ४ विकेट लिए भने मार्क वुड र जोफ्रा आर्चरको भागमा समान ३-३ विकेट रह्यो ।



४८ रनको झिनो लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले ३.१ ओभरमै २ विकेट गुमाउँदै पूरा गर्‍यो । इंग्ल्यान्डका लागि जोस बटलरले २४ रन बनाए भने फिल साल्ट १२ रन जोड्दा विल ज्याकले ५ र जोनी ब्रेस्टोले ८ रन बनाए । ओमानका लागि बिलाल खान र कलिमुल्लाहले समान १-१ विकेट लिए । जितसँगै इंग्ल्यान्ड ३ अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार