युरोकप फुटबल : इटाली र स्पेनको विजयी सुरुवात

युरोकप फुटबलमा २०२४ मा इटाली र स्पेनले विजयी सुरुवात गरेका छन् । शनिबार राति भएको समूह ‘बी’ को पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३-० को सानदार जित निकाल्दा दोस्रो खेलमा साविक विजेता इटालीले अल्बानियालाई २-१ ले पराजित भयो ।

जर्मनीको ओलम्पिया स्टाडियोनमा भएको खेलमा स्पेनलाई जित दिलाउन अल्भारो मोरटा, फावियन लुइज र डानी कार्भाजालले समान १-१ गोल गरे । खेलको २९औं मिनेटमा स्पेनका रुइजको पासमा कप्तान मोरटाले गोल गर्दै टोलीलाई १-० कोअग्रता दिलाए । त्यस्तै खेलको ३२ औ मिनेटमा रुइजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।



त्यसपछि पहिलो हाफको इन्जुरी समयमाडानी कार्भाजालले गोल गर्दै टोलीलाई ३-० को सानदार जित दिलाए । यही खेलबाट स्पेनका युवा स्टार लामिन यमलले नयाँ कीर्तिमान बनाए। उनी १६ वर्षको उमेरमा युरोकप खेल्ने पहिलो खेलाडी बने।

त्यसैगरी शनिबार राति नै भएको अर्को खेलमा इटालीले अल्बेनियालाई २-१ ले पराजित गर्यो । खेलको २३ सेकेन्डमै गोल गर्दै अल्बानियाका नेदिम बरमीले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए । उक्त गोल युरोपियन च्याम्पियनसिपकै सर्वाधिक छिटो गोलको कीर्तिमान हो ।

तर खेलको ११ औं मिनेटमा इटालीले एलेससान्ड्रो बास्टोनीले हेड मार्फत गोल गर्दै खेल १-१ को खेल बराबरीमा ल्याए । त्यसपछि खेलको १६ औं मिनेटमा निकोलो बरेलालले करिब २० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल इटालीले २-१ ले आफ्नो पक्षमा पार्यो । ।

सम्बन्धित समाचार