टी-२० विश्वकप : अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा

अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका आईसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

वेस्टइन्डिजको त्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा समेटियो । अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



अफगानिस्तानका लागि मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ विकेट लिए भने कागिसो रबडा र एनरिच नोर्त्याले समान २–२ विकेट लिए । अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिका ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको लागि रिजा हेन्ड्रिक्सले २९ र कप्तान एइडन माक्रम २३ रनमा अविजित रहे भने क्विन टन डीकक ५ रन बनाई आउट भए । अफगानिस्तानका लागि फाजलहक फारुखीले एक विकेट लिए। अब दक्षिण अफ्रिकाले उपाधिका लागि भारत र इंग्ल्यान्डबिचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

 

 

सम्बन्धित समाचार