काठमाडौँका सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन ३’ को उपाधि

प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छ । शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम तीनमा रहनुभएका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् ।

विजेता घोषित भएसँगै उनले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बने ।



प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा थिए ।

सम्बन्धित समाचार