मकोम कला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर स्वदेश फर्के कोइराला

जुन २७ देखि जुलाई १ सम्म आयोजित मकोम कला अन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला नेपाल फर्केका छन् ।

उज्बेकिस्तान सरकार संस्कृति मन्त्रालयको विशेष निमन्त्रणामा कोइराला उक्त सम्मेलनमा भाग लिन उज्बेकिस्तान पुगेका हुन् । पाँच दिनसम्म चलेको सम्मेलनको उद्घाटन उज्बेकिस्तानका सम्माननीय राष्ट्रपति शवकत मिर्झियोयेवले गरेका थिए ।



उज्बेकिस्तानको संस्कृति मन्त्रालयले आयोजना गरेको सम्मेलनमा विश्वका ८० भन्दा बढी देशहरूबाट संस्कृतविद्हरू, कलाकारहरू तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनमा नेपालका तर्फबाट डा. कोइरालाले परम्परागत एवं मौलिक लोककला र लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यपत्र प्रस्तुत गर्ने क्रममा कोइरालाले ‘जसरी उज्बेकिस्तनले आफ्नो मकोम कलालाई सम्बर्धन तथा प्रबद्र्धन गर्दै विश्वलाई मकोम कलाका बारेमा प्रचार प्रसार गर्दै आएको छ, त्यसरी नै हरेक देशले आफ्नो कला संस्कृतिको सम्बर्धन तथा प्रबद्र्धन गर्दै युवा पिंढीलाई हस्तान्तरण गर्ने वातावरण बनाउनु पर्छ’ भनेका छन् । उनले आफ्नो कार्यपत्रमा भनेका छन् ‘संस्कृति नै देशको पहिचन भएकोले यसको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्न सरकारको मात्र मुख नताकी आ–आफ्नो तर्फबाट यसको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्नु हामी सबैको साझा कर्तब्य हो ।’

सम्बन्धित समाचार