फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा

फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको सेमिफाइनल खेलमामा फ्रान्सलाई २-१ ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीको म्युनिख रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको नवौं मिनेटमै केलियन एम्बाप्पेको पासमा रन्डल कोलो मुएनीले आकर्षक हेड गोल गर्दै फ्रान्सलाई १-० कोअग्रता दिलाएका थिए । तर खेलको २१ औं मिनेटमा स्पेनका लामिन यमलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । यमल युरोपियन च्याम्पियनसिपमा सर्वाधिक कम उमेर अर्थात् १६ वर्षको उमेरमै गोल गरेका हुन् ।



त्यस्तै खेलको २५ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। त्यसपछि थप समयमादुवै टिमले गोल नगर्दा अन्तिमसम्म उक्त अग्रता नै स्पेनलाई उपाधि नजिक पुर्याउन रह्यो । अब स्पेनले उपाधिका लागि बुधबार राति १२:४५ बजे हुने इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्ने छ ।

 

 

सम्बन्धित समाचार