क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको खेलमा क्यानडालाई २–० ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई फाइनलमा पुर्याउन जुलियन अल्भारेज र लियोनल मेस्सीले समान १-१ गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको खेलमा खेलको २२ औं मिनेटमा रोड्रिगो जाभियरको पासमा अल्भारेजले गोल गर्दैअर्जेन्टिनालाई १-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गोल थप्यो ।



खेलको ५१ औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा लियोनल मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल अर्जेन्टिनाले २-० ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान दुरक्षित गर्यो । अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्वे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ ।

 

सम्बन्धित समाचार