नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
नेदरल्यान्ड्सलाई पराजित इंग्ल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्समाथि २-१ को जित निकाल्दै गर्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनल प्रवेश गरेको हो ।
जर्मनीको डर्टमुन्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका लागि जाभी सिमोन्सले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर खेलको १८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल १-१ कोबराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबारीमा सकिएको खेलमा खेलको ८० औं मिनेटमा ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेको सब्सटिच्युट ओली वाट्किन्सले निर्धारित समयको अन्तिम मिनेटमा निर्णायक गोल गर्दा इंग्ल्यान्ड २-१ को जित निकाल्दै लगातार दोस्रो पटक फाइनल पुग्यो ।
अब इंग्ल्यान्डले उपाधिका लागि आइतबार स्पेनसँग बर्लिनमा खेल्नेछ । स्पेन फ्रान्सलाई हराएर फाइनल प्रवेश गरेको थियो ।