नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
इंग्ल्यान्डलाई पराजित गर्दै स्पेनले युरोकपको उपाधि जितेको छ। सोमबार बिहान सम्पन्न भएको फाइनल खेलमा इंग्ल्यान्डलाई २-१ को जित ले पराजित गर्दै स्पेनको चौथों पटक उपाधि जितेको हो ।
जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७ औं मिनेटमा स्पेनका निको विलियम्सलेलामिन यमलको पासलमा गोल गर्दै टोलीलाई १-० कोअग्रता दिलाए । तर, खेलको ७३ औं मिनेटमा इंग्ल्यान्डका बेलिङ्घमको पासमा सब्सटिच्युट कोले पाल्मरलेले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा मिकेल ओयरजावलले २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेन युरो च्याम्पियन बन्यो । स्पेनले १२ वर्षपछि उपाधि जित्दा इंग्ल्यान्ड भने लगातार दोस्रो पटक फाइनलमा स्तब्ध बन्यो । यसअघि स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।