तीजको उपहार सांगीतिक चलचित्र ‘प्याकुली’ (भिडियोसहित)

नेपाली नारीहरुको महत्वपूर्ण चाड तीजको अवसरमा एउटा सामाजिक यथार्थ झल्काउने सांगीतिक चलचित्र ‘प्याकुली’ सार्वजनिक भएको छ ।

पैसाको थौलो बोकेर फर्किनुको साटो काठको बाकसमा आफैं पोको परेर जानुपरेको यथार्थता, पति विदेशमा, पत्नीको अर्कैसंग प्रेम, जस्ता अनेक घटनाक्रमलाई दर्शनीय बनाउन पटकथामा बहुपात्रहरु खडा गरेर तयार भएको ‘प्याकुली’ मार्मिक छ ।

विदेशिएका श्रीमानका श्रीमतिहरुमाथि कुदृष्टि राखेर घरपरिवार ध्वस्त पार्ने आफ्नै गाउँसमाजका कुपात्रले गर्दा हो भन्ने यथार्थतालाई ‘प्याकुली’मा निर्भिक रुपमा चित्रण गरिएको छ ।

निर्देशक नितिन चन्द रामहरि खड्काको रचना र बबुल गिरीको संगीत तथा स्वर र बीचबीचमा रहेका गहन संवादलाई आफ्नै वरिपरी घटेको घटनाकै झल्को दिने गरी सजीव अभिनय गराउन सफल हुनुभएको छ ।

आरआर खड्का, तसिला गुरुङ, महेश खड्का, घनश्याम जोशी, विक्रम खनाल, रमेश न्यौपाने, अर्जुन श्रेष्ठ र बालकलाकार रोनिश खड्काको जीवन्त अभिनय रहेको ‘प्याकुली’लाई गीतबाट एउटा चलचित्र बनाउने गरी पटकथा तयार पार्नुभएको छ शिशिर अर्यालले ।

शिशिर गुरुङको प्रस्तुति, एनआईटिभी टेलिकम जापानको सहकार्यमा तयार भएको सांगीतिक चलचित्र ‘प्याकुली’को छायांकन दिनेश पराजुलीको रहेको छ भने सहायक छायाँकार रमेश पराजुली र सम्पादक सिलन लम्साल हुनुहुन्छ ।

भिडियो –

सम्बन्धित समाचार