मृत अवस्थामा सात जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । संखुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राईको छोरा १७ वर्षीय मनोज राई (मंगले) सोही गाउँपालिका-३ स्थित खोङलुवा खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सल्यान, छत्रेश्वरी गाउँपालिका-२ गुरासे बस्ने ७२ वर्षीया रबिदेबी कामी सोही गाउँपालिका-२ गतिन भन्ने ठाँउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी सल्यान, कालिमाटी गाउँपालिका-६ भैसीदमार बस्ने ६२ वर्षीय कर्ण बहादुर रास्कोटी सोही गाउँपालिका-६ जुमखोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै झापा, दमक नगरपालिका-१० सेतुमारी डेरा गरी बस्ने इलाम माङ्सेबुङ गाउँपालिका-६ बाझो घर भएका ४८ वर्षीय मेघराज बोहरा सोही ठाउँस्थित नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता सर्लाही, लालबन्दी नगरपालिका-१ भिखारी टोल बस्ने ६२ वर्षीय श्याम बहादुर पाख्रिन सोही ठाउँस्थित उखु बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यता दाङ, तुलसिपुर उपमहानगरपालिका-११ पातुखोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४२ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी मोरङ, धनपालथान गाउँपालिका-६ पिण्डेश्वरी शिव मन्दिरस्थित पोखरीमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार