मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२५ बयरघारी बस्ने ८० वर्षीया माया गुरूङ आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा सर्लाही हरिपुर नगरपालिका-८ घर भएका ६५ वर्षीय शसि कुमार लाल कर्ण सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ बर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै गोरखा, बारपाक सुलिकोट गाउँपालिका-७ अमले बस्ने ९० वर्षीय सुक बहादुर गुरूङ सोही ठाउँस्थित पधेरा खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार