सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित सडकमा ग.१ ख ७१४५ नम्बरको बस र बा.९१ प २४५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ एक्लेफाँट बस्ने २८ वर्षीय अस्विन सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रमममा मृत्यु भएको हो । साथै सोही बस पछाडी वीएवी ४६५० नम्बरको कार समेत ठक्कर खाई दुर्घटना भएको छ । बस तथा कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी तनहुँ, ब्यास नगरपालिका-७ कलेस्ति बजारस्थित सडकमा ग.३ च १२१९ नम्बरको बलेरो जिपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ कलेस्ति बस्ने धादिङ गजुरी नगरपालिका-३ घर भएकी शान्ता श्रेष्ठको छोरी २ वर्षीया दिप्सा श्रेष्ठको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ कोटिहवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रोहिणी गाउँपालिका-६ औरहवा बस्ने ४० वर्षीया सुभावती हरिजनको बुधबार राती मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार मोटरसाइकल चालकलाई प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार