टी-२० अलराउन्डरमा दीपेन्द्रको सुधार, कुन स्थानमा छन् ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउन्डरको नयाँ वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

आईसीसीको वरियतामा शीर्ष दुईमा पर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । त्यस्तै टी-२० अलराउन्डरतर्फ कुशल मल्ल ६ स्थान तल झर्दै ४० औं स्थानमा रहेका छन् भने गुलसन झाले एकै पटक ११ स्थान सुधार गर्दै ५३ औं स्थानमा छन् । गुलसनसँगै नेपालका रोहित पौडेल र इंग्ल्यान्डका साम करन समान ५३ औं स्थानमा छन् ।

यस्तै अलराउन्डरतर्फ कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६० औं स्थानमा रहँदा करण केसी ७१ औं स्थानमा यथावत छन् । टी-२० अलराउन्डरतर्फ इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् भने दोस्रोमा दीपेन्द्र, तेस्रोमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथोंमा जिम्बावेका सिकन्दर राजा र पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा रहेका छन् ।

सम्बन्धित समाचार