गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा ३० लाख दाखिला पनि भएको छ ।

विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिनुभयो । अक्षयकोषमा कम्तीमा एक करोड पु-याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।



अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले १० लाख, धनबहादुर थापाले एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार १११, वासुदेव तिवारीले रु ५० हजार, खगराज अधिकारीले ३७ हजार र विष्णुमाया पण्डितले १५ हजार प्रदान गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार