मृत अवस्थामा सात जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । सिरहा, धनगढीमाइ नगरपालिका-९ मुस्हरनियास्थित कुखुरा फर्म नजिकै भारत मधुवनि ग्राम पंचायत लक्ष्मीपुर बस्ने ७२ वर्षीय जिन्सा यादव आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मोरङ, ग्रामथान गाउँपालिका-७ नेताचोकस्थित सडक छेउको नालीमा सोही गाउँपालिका-६ बस्ने ६९ वर्षीय झल्लुराम माझी चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दाङ, घोराही उपमहानगरपालिका-१३ मनकामना टोल बस्ने २६ वर्षीय अशोक चौधरी
सोही उपमहानगरपालिका-१३ स्थित बहरा क्षेत्र सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता ललितपुर, गोदावरी नगरपालिका-६ लप्सेस्थित टहरा बनाई बस्ने मकवानपुर घर भएका ६५ वर्षीय पुड्के घलान सोही टहरा नजिकै आइतबार मृत अवस्थामा फेला परेका छन् । उता सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-११ सखुवास्थित कोशी नदीको छेउमा जमेको पानीको खाल्डोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ११ वर्षीया बालिका आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी पाँचथर, फालेलुङ गाउँपालिका-५ स्थित खेदोकखोला र मुवाखोलाको सिमाना दोभानमा उदयपुर त्रियुगा नगरपालिका-१२ गाईघाट घर भएका ३२ वर्षीय विवेक भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मुस्ताङ, थासाङ गाउँपालिका-४ झिप्रा देउराली बस्ने ५० वर्षीय आई बहादुर दमाइ सोही गाउँपालिका-३ लेतेखोला किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार